घरको कामको मुल्यांकनबाट विद्यार्थीलाई नम्बर दिने निर्णय

पुस १८काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्कन गरेर नम्बर दिने निर्णय गरेको छ।

शिक्षामन्त्री विद्या भट्टराईका अनुसार पाठ्यक्रम विकास केन्द्रलाई मूल्याङ्कनको विधि बनाउन जिम्मा दिइएको छ। विज्ञसँग छलफल गरेर १५ दिनभित्र प्रस्ताव ल्याउन निर्देशन दिइएको छ।

शैक्षिक सत्र २०८२ देखि लागू हुने यो निर्णयले श्रम र सिपलाई सम्मान गर्ने उद्देश्य राखेको छ।घरको काम, जस्तै खाना पकाउने, घाँस काट्ने, भाइबहिनी हेर्ने, र खेतबारीमा सघाउनेजस्ता गतिविधिलाई आन्तरिक मूल्याङ्कनमा समेटिनेछ।

कक्षा ४ देखि ८ सम्म आन्तरिक र बाह्य परीक्षाका लागि ५०-५० अंक छुट्टाइएको छ भने कक्षा ९ देखि १२ का लागि २५ अंक आन्तरिक र ७५ अंक बाह्य परीक्षामा राखिएको छ। आन्तरिक मूल्याङ्कनमा केही अंक घरको कामका लागि छुट्याइनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more