बैतडी,मुख्य खबर,सुदूरपश्चिम बैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडीमा पासोमा परेको चितुवा भाग्यो post thumbnail image

बैतडी–बैतडीमा पासोमा परेको चितुवा भागेको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा थापेको पासोमा सोमबार राति चितुवा फसेको थियो । जंगली बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा परेको हो ।

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली आएको भएपनि मंगलबार राति चितुवा पासो चुँडालेर भागेको डिभिजन वन कार्यालयका वन अधिकृत नरेशचन्द्र कर्णले बताए ।

चितुवाको घाँटी पासोमा परेको थियो । मंगलबार दिनभरी पासोमै रहेको चितुवाको घाँटीमा ठूलो घाउ परेको छ । मंगलबार रातिको समयमा पासोमा फसेको चितुवा भागेको बताइएको छ । चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको वन अधिकृत कर्णले बताए ।

चितुवाको घाँटीमा ठूलो घाउ भएकाले चितुवा मर्न सक्ने अनुमान समेत गरिएको छ ।

यसअघि गएको असोज १२ गते बैतडीको दशरथचन्द नगरपालिका –१ खालमा पनि पासोमा परेको चितुवा पासो चुँडालेर भागेको थियो । असोज ११ गते पासोमा फसेको चितुवा दोश्रो दिन भागेको थियो ।

जंगली जनावरबाट बालीनाली जोगाउनका लागि स्थानीय किसानहरुले पासो थाप्दै आएका छन् । पासोमा परेर चितुवा घाइते हुने क्रम बढेको छ भने केही ठाउँमा पासोमा फसेर चितुवा मरेका घटना समेत रहेका डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए ।

Related Post

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पबाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बझाङ : बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

बाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्काबाजुरा भूकम्प : केही घरमा क्षति पुगेको आशङ्का

बझाङ – बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ । वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको

त्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जनत्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जन

काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः  र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ । प्रमुख अतिथि ललितपुर