त्यः छिं त्यः कार्यक्रम अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य : मेयर चिरिबाबु महर्जन

काठमाडाैं । यल नेपालभाषा सहजकर्ता पुचकाे आयाेजनामा याेमरी पुर्णिमाकाे अवसरमा त्यः छिं त्यः  र सांस्कृतिक कार्यक्रम पाटन हाई स्कुल शुक्रबार सभ्य भव्य रुपमा सम्पन्न भएकाे छ ।

प्रमुख अतिथि ललितपुर महानगपालिकाका प्रमुख चिरिबाबु महर्जनले अर्मूत सम्पदाका लागि एकदम ठूलो कार्य गरेको चर्चा गर्दै ललितपुर महानगरपालिका नेपालभाषा सरकारी विद्यालयमा नेपालभाषा समावेश गरेको छोटो अवधिमा एक दम राम्रो नतिजा आएकोमा एकदम खुशी भएको जनाए ।

 

कार्यक्रमबाट ललितपुर महानगरपालिकाले नेपालभाषामा अझै थप लगानी गर्नु पर्ने, अझै थप अतिरिक्त कृयाकलाप, अतिरिक्त पाठयक्रम प्रस्तुत गर्नुपर्ने शिक्षा ग्रहण गरेको जनाए ।

मेयर चिरिबाबु महर्जनले ०७२ सालको भुकम्पले ललितपुर महानगरपालिकाका भत्काएका सम्पदाहरु मध्ये नरसिंह मन्दिर बाहेक सम्पूर्ण जिर्णाद्धार कार्य सबै पूरा भएको जनाए ।

शिक्षक र विद्यार्थीको संयुक्त कार्यक्रम रुपमा कार्यक्रमबाट एक अर्कासँगको सम्बन्ध सुदृढ गर्दै राम्रो समाज निर्माण गर्ने उद्देश्यले गरिएको कार्यक्रममा योमरी पुणिर्माको अवसरमा त्यः छिं त्यः मौलिक गीत नेपालभाषाका पाठयक्रममा समावेशीको आधारमा विद्यार्थीहरुलाई सिकाइएको थियो ।

अतिथि ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका पुर्व प्रमुख महेन्द्र बहादुर क्षेत्रीले भाषा, कला, साहित्य संरक्षणका लागि अझै कृयाशिल भएर लाग्नु पर्नेमा जाेड दिए ।

यश कार्यक्रमबाट विद्यार्थीको पाठ्यक्रम मात्र नभई, विद्यार्थीहरूको समुदायलाई पनि समेटेर संस्कृति, नैतिक शिक्षा र असल बानीहरूको विकासमा प्रोत्साहित गरेको थियो ।

साे कार्यक्रममा  करिब १५ वटा स्कुलले सांस्कृतिक कार्यक्रममा प्रभात मा.वि.का विध्यार्थीहरूले याेमरी पुर्णिमा विशेष  बाल नाटक प्रस्तुत गरिनुका साथै अतिथि एवम् गायिका  सरिता महर्जनले मायाप्रेमले भरिएकाे नेपालभाषाकाे हाय्केमते धायेमते गीत प्रस्तुत गरेका थिए ।

यल ललित कला देय् पुस्तक  कक्षा ECD देखि ३ सम्म  पुस्तक निमार्ण समितिबाट संयाेजक तुल्सीलाल सिंह, सदस्य सबिना महर्जन, एलिना महर्जन, विज्ञ जीवनकुमार महर्जन,  दिपक तुलाधर, भाषा आयाेगकाका सदस्य सुरेशकिरण मानन्धर, भास्वारा स्कुल प्र.अ. आभा अवाले, आदर्श कन्या मा.वि. का प्र.अ. शैलेश प्रधान लगायत अतिथिका रुपमा पाल्नु भएकाे थियाे ।

पवित्रकुमार महर्जनकाे संयाेजकत्वमा सम्पन्न  यल नेपालभाषा सहर्जकता पुचःकाे इतिहासकै पहिलाे पटक सम्पन्न भएकाे  कार्यक्रममा संस्थाकी सचिव गंगा बज्राचार्यले कार्यक्रम संचालन गरेका थिए  साेही संस्थाका काेषाध्यक्ष स्वागत मन्तव्य राेशनी प्याथले राखेकाे थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more