बझाङ,बैतडी,मुख्य खबर,सुदूरपश्चिम बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ

बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ

बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित पक्राउ post thumbnail image

बझाङ –बैतडी र बझाङका दुई जना युवक खैरो हेरोइनसहित कैलालीको धनगढीबाट पक्राउ परेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका–४ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने २५ बर्षीय हेमन्त कार्की र बझाङको केदारस्युँ गाउँपालिका –२ घर भई हाल धनगढी उपमहानगरपालिका–२ बस्ने २० बर्षीय पारस रावल पक्राउ परेका हुन् ।

उनीहरुलाई ३२० मिलिग्राम खैरो हेरोइनसहित धनगढी उपमहानगरपालिका–४ संचयकोष कार्यालय नजिकबाट बिहीबार पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिएको हो । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Post

बैतडीमा पासोमा परेको चितुवा भाग्योबैतडीमा पासोमा परेको चितुवा भाग्यो

बैतडी–बैतडीमा पासोमा परेको चितुवा भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं कुमालीगाड भन्ने स्थानमा थापेको पासोमा सोमबार राति चितुवा फसेको थियो । जंगली बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा परेको

बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्पबाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बझाङ : बाजुरा केन्द्रबिन्दु भएर आज शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४बजेर १४ मिनेटमा ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

बझाङमा ४.३ रेक्टरको भूकम्प गयोबझाङमा ४.३ रेक्टरको भूकम्प गयो

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।