प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट धनगढीमा हुदै

पुस २४ ।कैलाली – नेपाल क्रिकेट सङ्घ क्यानले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको मिति र तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री कप आउँदो माघ १ गतेदेखि धनगढीमा हुने क्यानले जनाएको छ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टोली गरी नौ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ ।

त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली सहभागी गराउँदैछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा गएको वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बाग्मती प्रदेश र मधेश प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै पहिलो दिनमै कर्णाली प्रदेश र एपीएफबीच दोस्रो खेल हुनेछ । समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने दुई टोली फाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more