चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय २६ जना पुग्यो

चीनको तिब्बत क्षेत्रमा हिजो आएको विनाशकारी भूकम्पबाट कम्तीमा एक सय २६ जनाको ज्यान गएको छ । भूकम्प परेर एक सय ८८ जना घाइते हुनुका साथै सयौं भवन क्षतिग्रस्त भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार हिजो बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । यो भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सम्भव भएसम्म क्षति कम गर्दै, सम्पूर्ण खोज र उद्धार प्रयासहरू, प्रभावित बासिन्दाहरूको उचित पुनर्वास र जाडोयाममा उनीहरूको सुरक्षा र न्यानो सुनिश्चित गर्न’ आह्वान गर्नुभएको थियो ।

चीन मौसम विज्ञान प्रशासनका अनुसार भूकम्प प्रभावित क्षेत्रमा रातको तापक्रम माइनस १६ डिग्री सेल्सियस सम्म झरेको अवस्थामा उद्धारकर्ताले उद्धार जारी राखेका खबरमा उल्लेख छ ।

यस क्षेत्रमा अग्नि नियन्त्रक, सेना, प्रहरी अधिकारी, स्वास्थ्यकर्मीलगायत १२ हजारभन्दा बढी उद्धारकर्ताहरू खटाइएको चिनियाँ अधिकारीले बताएका छन् ।

चीनका केन्द्रीय अधिकारीहरूले भूकम्प प्रभावित क्षेत्रमा झण्डै २२ हजारको सङ्ख्यामा पाल, शीतकालीन कोट, फोल्डिङ बेडलगायतका विपद् राहत सामग्रीहरू पठाएका छन् ।

यसअघि सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको भूकम्पमा एक सय ४८ जनाको ज्यान गएको थियो ।

यस्तै सन् २०१४ मा आएको भूकम्पमा परी दक्षिण–पश्चिमी युनान प्रान्तमा छ सयभन्दा धेरै मानिसको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more