
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले देशभरका विद्यालय बन्द गरिने र सबै शिक्षक-कर्मचारीलाई काठमाडौंमा हुने शान्तिपूर्ण सडक आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेका हो ।
महासंघले हडताल अवधिभर परीक्षा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि गतिविधिमा संलग्न नहुन शिक्षकहरूलाई कडा रूपमा आग्रह गरेको छ । शिक्षा ऐन कार्यान्वयनको माग गर्दै महासंघ माघ २० गतेदेखि आन्दोलनमा छ र हाल काठमाडौंमा दैनिक प्रदर्शन जारी रहेको छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण एसईईको उत्तरपुस्तिका परीक्षण र विद्यालयहरूको शैक्षिक गतिविधि प्रभावित भएका छन् ।
शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्तामा सहभागी हुन बारम्बार आग्रह गरे पनि महासंघले हालसम्म अस्वीकार गर्दै आएको छ । मन्त्रालयले एसईईको उत्तरपुस्तिका संकलन चलिरहेको र समयमै नतिजा प्रकाशित गर्न सकिनेमा अनिश्चितता रहेको बताएको छ । राष्ट्रिय परीक्षा बोर्डले असार पहिलो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ ।
सरकार वार्ता गर्न तयार भए पनि महासंघका अध्यक्ष सुवेदीले ०८० सालको असोजमै वार्ता र सहमति भइसकेको भन्दै अब कार्यान्वयन मात्र माग रहेको बताएका छन् । ‘पुनः वार्ता गरेर समय खेर फाल्नु आवश्यक छैन,’ उनले भने ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेको र वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् । तर महासंघले सरकारमाथि अविश्वास जनाउँदै आन्दोलनलाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ ।
डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more
नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more
बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more
सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more