टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु , ५० जना घाइते

टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा परि अरु ५० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको होटलमा आगलागी भएको बीबीसीले जनाएको छ । आगलागीको समयमा २ सय ३४ जना होटलमा रहेका खबरमा उल्लेख
छ ।

 

टर्कीका स्थानीय सञ्चारमाध्यमअनुसार दुई जनाको झ्यालबाट हाम फालेर ज्यान गएको छ । बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए ।

 

आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित नौ जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more