दार्चुलामा किशोरीहरुलाई आत्मारक्षा तालिम दिइदै

दार्चुला । दार्चुलाका दुई वटा विद्यालयका किशोरीहरुलाई आत्मारक्षा तालिम दिइदैछ ।

सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम स्थित महेन्द्र नमुना मावि खलंगा र छन्ना तिंकरी कन्या मावि का दुई सय किशोरीहरुको लागि दुई दिने आत्मारक्षा सम्बन्धि तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार महेन्द्र नमुना मावि खलंगाका १०० जना किशोरीहरुलाई पुष ३ गते (हिजो) र आज आत्मारक्षा तालिम दिइएको उहाले बताउनुभयो ।

यस्तै पुष ५ र ६ गते छन्ना तिंकरी कन्या माविका किशोरीहरुलाई तालिम दिइने बताइएको छ ।

किशोरीहरुमाथी हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न सकुन भनेर तालिम सञ्चालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more