बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ – बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर दिदा बालिका घाइते भएकि हुन । जयपृथ्वी नगरपालिका–४ पक्कीपुल नजिकै होटेल व्यवसाय गर्दै आएका हिमाल पुरीको छोरी ५ बर्षिय इन्द्रा पुरीलाई मोटरसाइकलले ठक्कर दिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका वडा नम्बर –३ पडेश बाट चैनपुर तर्फ आउदैं गरेको २४ बर्षिय धनी खड्काले चलाएको सुदूरपश्चिम प्रदेश ०१०१२ प. ७०५ नं को मोटरसाइकलले बालिकालाई ठक्कर दिएको जनाइएको छ ।

 

घाइते बालिकाको मोटरसाइकल ठक्कर बाट टाउँको र दाहिने हातमा चोटपटक लागेको प्रहरीले जानकारी दिए । घाइते बालिका लाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत पठाइएको छ । मोटरसाइकल चालक जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more