लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी

पुस २६ ।काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको छ।

सिन्धुलीका युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाडेको भन्दै न्यायाधीशविरुद्ध न्यायपरिषद्‍मा उजुरी दिएका हुन्।​ न्यायाधीश राईविरुद्ध सफलले शुक्रबार न्यायपरिषद्‌मा उजुरी दिएका हुन्।

रविलाई थुनामा पठाउने प्रशस्त सबुत प्रमाण र तथ्य हुँदाहुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राईले ६५ लाख धरौटी लिएर तारेखमा रिहा गरेको भन्दै आदेशविरुद्ध उजुरी दिएका हुन्।

पुर्पक्षका लागि थुनामा पठाई मुद्दा अगाडि बढाउनुपर्नेमा सो नगरी न्यायाधीशले दाबी गरिएको बिगो रकमभन्दा थोरै धरौटी तोकी छाड्ने निर्णय गरेको हुँदा यो आदेश कानुनी, न्यायिक र व्यवहारिक कुनै कोणबाट पनि न्यायसंगत नभएको उजुरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more