दैलेखबाट झिकिएको पेट्रोलियमको नमूना जाँच्न प्राविधिक चीन गए, कहिले आउँछ नतिजा ?

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमूना लिएर विज्ञ टोली चीन गएको हो ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले ४ हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमूना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको बताए ।

उनले भने, ‘विज्ञहरूले ४ हजार १३ मिटर गहिराइसम्म खन्दा दुई/दुई मिटरको फरकमा गहिराइबाट गिट्टी र बालुवाको नमूना सङ्कलन गरिएको थियो । प्राप्त नमूनालाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक थप अध्ययनका लागि मालवाहक गाडीमा ढुवानी गरेर टोली चीन फर्किएको ।’

पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्य सकिएपछि केसिङ र सिमेन्टको काम सकिएको भूगर्भविद् लुइँटेलले बताए । उनले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेका र अन्य सबै फर्किएको जानकारी दिए । तीन महिनापछि उत्खननका लागि ग्यास भण्डारण र प्रशोधनको काम अगाडि बढाउन सकिने उनले बताए ।

भूगर्भविद् लुइँटेलले भने, ‘पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी काम सुरु भएको थियो । खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनको आवश्यक काम अगाडि बढ्ने छ ।’

दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा ३ वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग नेपाल सरकारले सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता गरेको थियो ।

सुरुआतमा ३ वर्षभित्र तीन चरणमा काम सक्नेगरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताअनुसार काम हुन सकेको थिएन । चीन सरकारको २ अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
स्वस्थानी व्रत आज समापन गरिँदै आज माघ शुक्ल पूर्णिमा

काठमाण्डौ – एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी Read more

जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो

अहिलेको परिवेश  - जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो ।’ समाजशास्त्रका प्रा.डा. युवराज लुइँटेल भन्छन् । Read more

शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना

बझाङ -  शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल Read more

आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more