बाजुरामा विवाहमा गएका दुई समूहबीच झडप, एक जनाको मृत्यु

बाजुरा-बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराका अनुसार झडपका क्रममा घाइते भएका बुढीगंगा नगरपालिका–९ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो।

उनी गएराति मोटाबाडामा आयोजित बिहे समारोहमा सहभागी हुन गएका थिए। सोही क्रममा दुई समूहबीच विवाद भएपछि झडप भएको प्रहरीले जनाएको छ। झडपमा गम्भीर घाइते भएका थापालाई उपचारका लागि अछामको बयालपाटा अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको छ ।

उक्त घटनामा संलग्न भएको आरोपमा बुढीगंगा नगरपालिका–७ वाईलका दिर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more