बुंगल नगरपालिकामा २०८१ SEE का लागि ३ वटा SEE परीक्षा केन्द्र तोकिए

बझाङ – बुंगल नगरपालिका भित्र रहेका विद्यालयहरुका २०८१ SEE परीक्षा केन्द्र तोकिएका छन् । बुंगल नगरपालिका भित्र रहेका विद्यालयहरुका लागि तिन वटा SEE परीक्षा केन्द्र तोकिएका हुन । सरस्वती माध्यामिक विद्यालय बिजगडामा ६ वटा विद्यालयको SEE परीक्षा केन्द्र रहेका छन् ।

महादेव मावि अठपालीमा ४३ जना विद्यार्थी रहेका छन् । , महेन्द्र मावि दहबगरमा ५७ जना विद्यार्थी रहेका छन् । चन्द्र मावि गिरौँ मा ४४ जना विद्यार्थी रहेका छन् ।, रत्न मावि पाउटामा ३६, जना विद्यार्थी रहेका छन् , रत्न मावि खोल्लेकमा ६० जना विद्यार्थी रहेका छन् त्यसै गरि भगवती मावि सोलाँमा ३४ जना विद्यार्थी गरि सरस्वती मावि बिजगडा परीक्षा केन्द्रमा ३९८ जना परीक्षार्थीहरुले परीक्षा दिने तालिका रहेकाे छ । भने केदार मावि देउलेकोटमा ५ वटा विद्यालयका केन्द्र तोकिएका छन् । सिताराम मावि डौडका १७ जना विद्यार्थी,शिव माध्यामिक विद्यालय पातलका ४४ जना विद्याथी,शारद माध्यामिक विद्यालय सैनोडीका ३६ जना विद्याथी,कन्या मा वि बटुलसेराका ३७ जना विद्याथी र सरस्वती मा वि बिजगडाका ४५ जना विद्याथीका गरि २९९ जना विद्यार्थी परीक्षार्थीहरुले परीक्षा दिने छन ।

र महादेव मा वि अठपालीमा ४वटा विद्यालयको केन्द्र तोकिएका छन् । केदार मा वि देउलेकोटका २३ जना विद्यार्थी,सत्य मा वि तोलीचौरका ५४ जना विद्याथी, दुर्गा मा वि सिमालीका ३८जना विद्याथी र कफलसेरी मा वि पिपलकोटका ७३ जना विद्याथी गरि जम्मा २४१ जना विद्यार्थी परीक्षार्थीहरुले परीक्षा दिने छन । बुंगल नगरपालिकाका ३ वटा SEE परीक्षा केन्द्रमा ९३८ परीक्षार्थीहरुले परीक्षा दिने छन् । सरस्वती माध्यामिक विद्यालय बिजगडाका प्रविधिक तर्फ रहेका २८ जना परीक्षार्थीहरुलाई सत्यवादी मा वि भोपुर ख परीक्षा केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more