
बझाङ – कीर्तिपुर नगरपालिकाका नीजि विद्यालयमा अनिवार्य गराउन तथा बि.ए. देखि पी.एच.डी सम्म नेपालभाषा विषयमा छात्रावृत्ति गराउनका मातृभाषा नेपाल भाषाप्रेमीहरुले ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ र भर्खरै निर्वाचित हुनु भएका मेयर कृष्णमान डंगोललाई पुस २ गते भेटेर सो विषयमा ध्यानार्कषण गराएका हुन् ।
नेपालभाषा भाषाप्रेमीहरु रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवनधर ज्ञवाली, सोही क्याम्पसका नेपालभाषा शिक्षक प्रा.डा चन्द्रमान बज्राचार्य, नेपालभाषा केन्द्रीय विभाग, पाटन क्याम्पसका नेपालभाषा शिक्षकहरू डा. बज्रमुनि बज्राचार्य, जीवन महर्जन तथा सामाजिक अभियानताहरू राजेन्द्र महर्जन पुताः, अर्जुन नेपाःमि, बुद्धिलाल ज्यापु तथा नेवाः विद्यार्थीहरुको तर्फबाट नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले नीजि विद्यालयहरुमा नेपालभाषा अनिवार्य तथा वि.ए. देखि एम. ए. नेपालभाषामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु गर्नुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।
नेपालभाषाप्रेमीहरुले कीर्तिपुर नगरपालिका भित्रका विद्यालयहरुमा भाषा, ऐन बमोजिम सरकारीमा मात्र नभई निजि विद्यालयमा राम्रो कक्षा भइरहेको छ कि छैन भन्ने विषयमा छलफलका क्रममा नगरपालिकाका नीजि विध्यालयमा पनि यथाशिघ्र नेपालभाषाको कक्षा सञ्चालन गर्नु पर्नेमा कीर्तिपुर नगर नगरपालिकालाई आग्रह समेत गरेका छन् ।
रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा शिक्षक प्रा. डा. चन्द्रमान बज्राचार्यले काठमाडौं महानगरपालिकामा नेपालभाषा नीजि विद्यालयमा नेपालभाषाको कक्षा सञ्चालन भइरहेको अवगत गराउँदै नेवार समुदायको बाहुल्य रहेको एैतिहासिक बस्ती कीर्तिपुर नगरपालिकामा नेपालभाषा निजी विद्यालयमा पठनपाठन गराएको खण्डमा कीर्तिपुरका मेयर र उपमेयर मात्र नभई कीर्तिपुरका बासिन्दा लगायत सबैको लागि राम्रो हुने जनाए । यदि निजी विद्यालयमा नेपालभाषा अनिर्वाय नगर्ने विद्यालयहरुलाई नगरपालिकाले स्थानीय ऐन कानुन बमोजिम कडाईका साथ लागू गराउन अघि बढ्नुपनर्मो ध्यानाकर्षण गराएका छन् ।
कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ लाई प्रा.डा. चन्द्रमान बज्राचार्यको संयुक्त टोलीले नेपाल भाषामा बि.ए., एमए. र पी.एच.डीमा छात्राबृतिको व्यवस्था गर्नु पर्ने जोड दिएका छन् ।
उपमेयर शुभलक्ष्मी शाक्य ‘सुनिता’ ले नगरपालिकाले सामुदायिक विद्यालयमा नेपालभाषा कक्षा संचालन भईरहेकाे तथा नीजि विद्यालयमा अनिवार्य रुपमा कुनै पनि विध्यालयमा लागू नगरेकाे जनाइन् । उनले नीजि विद्यालयमा नेपालभाषा अनुगमनका क्रममा राराहिल स्कुल, पुष्पसदन स्कुल लगायत सबै निजी विद्यालयमा नेपालभाषा विषय अध्यापन सुरू नगरेको तर पुस्तक सो उपल्ब्ध गराइसकेको जनाइन् । नीजि विद्यालयमा नेपालभाषा अनिवार्य गराउनका लागि कीर्तिपुर नगरपालिकाको शिक्षा विभाग, सर्वसाधारण तथा जनप्रतिनिधिले मिलेर संयुक्त रुपमा काम गरेको खण्डमा मात्रै नीजि विद्यालयमा नेपालभाषा अध्यापन कार्य सफल हुने जनाइन्
।
यसैबीच रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवन ज्ञवालीले काठमाडौं महानगरपालिकाको बार्षिक १५ लाख सहयोर्गाथ नेपालभाषा एम.ए. कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसमा २०७८ सालदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको उपमेयर शुभलक्ष्मी शाक्यलाई जानकारी गराउँदै भक्तपुर, टोखा र चन्द्रागिरी नगरपालिकाले नेपालभाषा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था गराए जस्तै कीर्तिपुर नगरपालिकाले पनि सो व्यवस्था गराउनुपर्ने जोड दिए ।
यसैबीच नेपालभाषा केन्द्रीय विभाग पाटन क्याम्पसका नेपालभाषा शिक्षक डा. बज्रमुनि बज्राचार्यले नीजि विध्यालयमा अनुगमन कार्यमा विज्ञहरू राखेर गर्नुपर्ने, नेपालभाषा शिक्षण कमिटी सकृय बनाउनु पर्ने, नेपालभाषा विषय परिमार्जन गरिनु पर्ने तथा नेपालभाषा शिक्षकहरूलाई तालिमको व्यवस्था मिलाउनुपर्ने कीर्तिपुर नगरपालिकालाई ध्यानाकर्षण गराए ।
कीर्तिपुर नगरपालिकाका सम्पूर्ण नीजि विद्यालयमा नेपालभाषा विषय मात्रै किन सञ्चालन नभएको सो विषयमा अध्ययन गरेर कक्षा सञ्चालन गराउनु पर्ने तथा नेपाल भाषामा बि.ए. देखि पि.एच. डी सम्म छात्रबृत्तिको व्यवस्था गराउनु पर्नेमा कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोललाई डंगोललाई ध्यानाकर्षण गराएका छन् ।
काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more
बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more
सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more
भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more