बैतडीमा एक महिलामाथि बलात्कार : ६ महिनापछि घटना बाहिरियो

पुस१८।बैतडी –बैतडीमा एक महिलामाथि बलात्कार गरिएको घटना ६ महिनापछि बाहिरिएको छ ।

जिल्लाको सिगास गाउँपालिकाकी २४ बर्षीया एक महिलामाथि देवर नाता पर्ने अन्दाजी २६ बर्षीय अर्जुनसिंह धामीले बलात्कार गरेको घटना बाहिर आएको हो ।

ती महिलामाथि गएको असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।

पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको छ। पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ ।

पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ ।

पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका हुन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more