नेपाली रोजगारीको खोजीमा १७३ मुलुकमा पुगे

पुष १८ ।काठमाडौँ – रोजगारी र अवसर खोज्दै एक दशकको अवधिमा संसारका १ सय ७३ वटा मुलुकमा नेपाली पुगेका छन् । ती मुलुकमा ६० लाख ९८ हजार ८० जना नेपाली श्रमिक पुगेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । उक्त संख्या भारत बाहेकको हो ।

विदेश जानेमा ५६ लाख ८१ हजार ६ सय २७ पुरुष र ४ लाख १६ हजार ४ सय ५३ महिला छन्  । सन् २०१४ जनवरी १ देखि २०२४ को जुलाई १६ सम्म वैधानिक रूपमा श्रम स्वीकृति लिई गएकाहरुको तथ्यांकका आधारमा विभागले उक्त जानकारी दिएको छ ।

व्यक्तिगत पहुँच वा अन्य उपायबाट विभागसँग श्रम स्वीकृति नलिइ गएकाको संख्या सरकारी अभिलेखमा भने छैन । विभागका प्रवक्ता गुरुदत्त सुवेदीले व्यक्तिको पहुँच बढ्दा नेपाली विश्वभर छरिएका बताए ।

विभागका अनुसार सबैभन्दा बढी कतारमा १६ लाख ६ हजार ५ सय २१ जना नेपाली पुगेका छन् । सबैभन्दा कम सुरिनाममा एक जना मात्र पुगेको देखिन्छ । २०७८ को जनगणनाअनुसार २२ लाख मात्र नेपाली देशबाहिर रहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनअनुसार विश्वभरका आप्रवासी श्रमिक युरोपको उत्तरी, दक्षिणी र पश्चिमी क्षेत्र, उत्तरी अमेरिका र अरब देशमा केन्द्रित हुन थालेका छन् । प्रतिवेदनअनुसार सन् ०२२ सम्ममा यी क्षेत्रमा आप्रवासी श्रमिकको संख्या बढेर २३.३ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more