आज बिहान ७ बजेर ५४ मिनेटमा बैतडीको न्वाघर केन्द्रबिन्दु भएर ४दशमलव ६ रेक्टर स्केलको भूकम्प

षुष १६ ।बझाङ –बैतडीको सिगास गाउँपालिका–७ न्वाघर केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

आज बिहान ७ बजेर ५४ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिम्सिनाले बताए । भूकम्पको धक्का बैतडीसहित आसपासका जिल्लाहरुमा महसुस गरिएको थियो ।

पौष महिनाको आजसम्म सुदूरपश्चिम र कर्णालीका जिल्लाहरुमा ४ रेक्टर स्केलमाथिका ६ ओटा भूकम्प गईसकेका छन् ।

पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम कायमै रहेको प्रमुख तिम्सिनाले बताए । लगातार सानो भूकम्प गइरहेकाले यो क्षेत्रमा जमीनमुनि शक्ति सञ्चय रहेको छ भन्ने कुराको संकेत गरेको उनले बताए ।

स–साना भूकम्प गइरहेकाले जुनसुकै समयमा पनि ठूलो भूकम्प जान सक्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्नुपर्नेमा तिम्सिनाले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more