बुंगल नगरपालिका ७ का बोहरा , स्वदेशमै कृषि गरेर वार्षिक दुई देखि तीन लाख आमदानी गर्दै ।

पुस १५ ।बझाङ  – बझाङ जिल्लाको बुंगल नगरपालिका ७  डाडागाउँ कमलबस्ति टोलका स्थानीय धन बहादुर बोहरा ले स्वदेशमै कृषि गरेरै वार्षिक दुई  देखि तीन लाख  सम्म आमदानी गर्ने गरेका छन् । स्वदेशमै आफ्नै खेतबारीमा  आलु , प्याज , टमाटर , बन्दा , मुला , रायो, बेमौसमी ,तरकारी जस्ता सागपात फलाउने र  विभिन्न किसिमका बोट विरुवाहरुका बीउको ब्यार्ना राखेर बोटहरु समेत  उत्पादन गर्ने गरेको स्थानीय बाेहराले बताउनुभयाे  ।

आफ्नै खेतबारीमा मौसम अनुसारका तरकारी खेती र बेमौसमी तरकारी उत्पादन गरेर सामुदायिक विद्यालयहरु त्यसै गरि स्थानीय बजार , र गाउँघरमा लगेर विक्री गर्ने गर्दछन । पैशा कमाउनका लागि बिदेशै जानुपर्छ भन्ने केही छैन  मैले मेराे देशमा केही गर्न सक्छु भन्ने आँट बनायाे भने  आफ्नै देशमा पनि केहिन केही गर्न सकिन्छ भन्ने कुराकाे अहिले उहाँ उदाहरण बन्नुभएकाे छ ।    उहाँ २०७९ साल देखि अहिले सम्म  कृषिमा आवद्ध हुनुहुन्छ ।

उहाँले भन्नुभयाे म पनि पहिले छिमेकी देश भारत गएर अरुकाे घरमा काम  गरेरै घर खर्च चलाउने गर्थे ।  पछि मैले सोचे गर्न सके आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने  साेच राखेर आफ्नै खेतबारीमा आधुनिक तरिकाले खेती गर्न थाले  अहिले  तरकारी खान वा बजारमा लगेर बेच्न त्यसै गरि घरखर्च मात्रै नभई प्रशस्तै आम्दानी हुने गरेकाे बताउनुभयाे ।

बोहराले अहिले तरकारी खेतीमात्र नभइ  विभिन्न किसिमका बोट विरुवाहरु पनि उत्पादन गर्ने  गरेका छन् । उहाँकाे बारीमा अहिले राईसल्लाका बोटहरु , दालचीनी , दाँते ओखर , टुडीका बोटहरु  , अनार , सुन्तला , माल्टा , अमिलो चुक्क , जारिम , कागती लगाएतका विभिन्न किसिमका बोटका बेर्नाहरु पनि प्रशस्तै देख्न सकिन्छ ।

तरकारी खेतीले बजार पाएकाे भएता पनि बोट विरुवाहरुको व्यार्नाले भने  साेचे जस्ताे बजार पाउन नसकेकाे उहाँले बताउनुभयाे  । बजार व्यवस्थापनमा वडा सरकार र नगरपालिका सरकारले सहयोग गरिदिए अझै  राम्रो आम्दानी गर्न सकिने उहाँकाे भनाई छ  ।  आफ्नै लगानीमा तरकारी खेती  गरिरहेका बोहरा लाई स्थानीय सरकार  वडा र नगरपालिकाले केही पनि सहयोग नगरेको उहाँले गुनासाे गर्नुभयाे  । वडा र नगरपालिकाले अरु सहयोग नगरेपनि पोलिहाउस बनाउनलाई प्लास्टिक र बोट विरुवाका  व्यार्नाका लागि  बीउबिजन  सहयोग गरिदिए कृषि खेती गर्न सजिलो  हुने बोहराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more