लागूऔषधसहित कैलालीबाट ९ जना पक्राउ

पुस २७ धनगढी : कैलालीको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ ब्यरेल नजिकबाट मिलन चोक बस्ने २४ वर्षीय सरोज चौधरी ५ ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्। चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शुक्रवार नियन्त्रणमा लिएको हो।

 

यसैगरी कैलारी गाउँपालिका–७ कटानी पुल नजिकबाट कैलारी गाउँपालिका–२ बस्ने २० वर्षीय अविनाश चौधरीले चलाएको से ७ प २४०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा अविनाश र मोटरसाईकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० कै दिनेश चौधरीको साथबाट ४१० मिलिग्राम खैरो हेरोइन फेला पारी मोटरसाईकलसहित दुबै जनालाई इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

 

धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सोही ठाउँ बस्ने २४ वर्षीय सुमित घिमिरेलाई १ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार नजिकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने ३८ वर्षीय दिपक भट्ट ओनरेक्स नामक १५ बोतल लागूऔषधसहित पक्राउ परेका छन्। भट्टलाई वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

यसैगरी गोप्य सुचनाको आधारमा लागू औषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ देवरियाबाट सोही ठाउँ बस्ने २३वर्षीय दिपलाल रानासहित ४ जनालाई ११० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more