आगलागीमा लुटपाट बढेपछि क्यालिफोर्निया कर्फ्यु, २० पक्राउ

काठमाडौँ : अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट शुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।

शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म ४० हजार एकडमा फैलिएको सो आगोले २९ हजार एकडलाइ भने पुर्ण रूपमा ध्वस्त पारेको छ ।

पछिल्लो समाचार अनुसार यस आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन् भने उद्दार र राहात कार्य सँगसँगै अघि बढाइएको उल्लेख गरिएको छ ।

उता क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा आगलागी र लुटपाट तिब्र भएको भन्दै स्थानिय प्रशासनले कर्फ्यू घोषणा गरेको छ, सो लुटपाट र कर्फ्यु उल्लंघनको आरोपमा हालसम्म २० जना पक्राउ परिसकेकाका छन् ।

उता लस एन्जलसमा भएको आगलागीका कारण अहिलेसम्म १६ लाख करोड अमेरिकी डलर भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यहाँको आगलागी केही हदसम्म नियन्त्रणमा आएको छ तर सप्ताहन्तमा फेरि तीव्र हावा चल्ने भएकाले आगो अझै बढन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more