बाजुराको बूढीनन्दामा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु

पुस २७। बाजुरा : बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

कोल्टीबाट मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१–४४३० नम्बरको जिपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

महिलालाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा सोमबार ५२ घडी ३४ पला Read more

बिराजले फिल्मको कमाईबाट छोरालाई किनिदिए साढे ३ करोडको गाडी

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल Read more

विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा प्रयो लुम्बिनी

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। Read more

सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन Read more