बुंगल नगरपालिका ७ मा रहेको सानिगाड लघु जल विद्युतको मेसिनमा समस्या हुदा विद्युत बन्द स्थानीय अध्यारोमा बस्न बाद्य

सपना
पुस २३ । बझाङ – बझाङको बुंगल नगरपालिका ७ मा रहेको सानिगाड लघु जल विद्युतको मेसिनमा केही समस्या हुदा एक हप्ता देखि बन्द भएको छ । मेसिनको मेन फिता टुट्दा विद्युत बन्द भएको हो । मेसिनमा जडानहुने मेन फिता नेपालको विद्युत कम्पनीमा नबन्ने भएका कारण विद्युत बन्न अझै एक महिना लाग्न सक्ने लघु जलविद्युतका अप्रेटर जनक बोहराले जानकारी दिनुभएको छ ।

सुइजरल्यान्ड कम्पनीमा पनि बनेको फिता नपाईने र फिताको लागि अडर गर्दा फिता बन्न करिब एक महिना जति समय लाग्ने कम्पनीले बताएको छ। मेसिनको फिता नेपालमा नबन्ने भए पछि फिताको लागि सुइजरल्यानड विद्युत कम्पनीमा कुरा भइसकेको अप्रेटर बोहराले बताउनुभयो । उक्त विद्युत मर्मतको लागि वडा नम्बर ७ का वडा अध्यक्ष टंक प्रशाद जोशीले ५० हजार रुपैयाँ दिनु भएको छ ।

 

उक्त बिधुत वडा नम्बर ७ र ८ गरि दुवै वडाको सहमतिमा मर्मत गर्ने ७ नम्बरका वडा अध्यक्ष जोशीको भनाइ छ । गत वर्ष देखि महसुल उठाउन छोडेको हुँदा विद्युत मर्मत गर्न आफुँहरुसँग पैसा नभएको विद्युतका म्यानेजर नवराज जोशीले बताए ।वडाले जनतालाई निशुल्क वत्ति दिने र विद्युतका कर्मचारीहरु लाई तलब दिने निर्णय गरे पछी महसुल उठाउन छोडेको उनले बताए । अहिले मेसिनको फिता बनाउन वडा नम्बर ७ ले ५० हजार रुपैयाँ पठाई सकेको र बाँकि ७ र ८ नम्बरको सहमतिमा नयाँ फिता ल्याउने निर्णय भएको छ ।

उक्त मेसिनको फिता खरिद गर्न करिब १ लाख ३५ हजार रूपैया बराबरको खर्च लाग्ने भएकोले वडा नम्बर ७ ले मात्रै नभ्याउने हुँदा दुबै वडाको उक्त निर्णय भएको हो ।

उक्त विद्युत् बन्द हुदाँ बुंगल नगरपालिका वडा नं ६,७ र ८ का १ हजार २ सय ६५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत सेवा अवरुद्ध हुदा त्यस क्षेत्रमा सञ्चालन गरेका साना तथा मझौला कलकारखाना , कुटाइ पिसाई गर्ने मिल सङ्गै मोबाइल चार्ज लगायतका अन्य सबै सेवा हरुमा समस्या भएको स्थानीयहरु ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more