नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जना पक्राउ

पुस २३। काठमाण्डाै – प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरीको खडक नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोरकुमार चौधरी रहेका छन् ।

थापा र चौधरीले प्रहरी निरीक्षकको पोशाक लगाई नक्कली परिचयपत्र, विशेष बढुवा सिफारिश सूची प्रकाशित भएको पत्र, विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँगको फोटो देखाई सम्पर्क रहेको र वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरी निरीक्षकको परिचयपत्र एक थान, प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो चार थान र मोबाइल एक थान बरामद भएको छ । उनीहरूलाई ठगी तथा लिखतसम्बन्धी कसूर (किर्ते) मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more