आँखा उपचार केन्द्र बिजगडाका नेत्र सहायक धामीले आफ्नो जन्मदिन अनाथगृहका बालबालिका संग मनाए

बझाङ – बझाङको बुंगल नगरपालिकामा रहेको आँखा उपचार केन्द्र बिजगडाका नेत्र सहायक  हिमा धामीले आफ्नो जन्मदिन अनाथगृहका बालबालिका संग मनाउनु भएको छ।

धामीले आज आफ्नो जन्मदिन अवसरमा बुंगल नगरपालिका–६, झापामा रहेको अनाथ बालगृहमा रहेका आश्रित १३ जना बालबालिकालाई शैक्षिक सामग्री कापी, कलम, जुत्ता ,चप्पल सहयोग गर्नु भएको हो । जन्मदिन मनाउदा लाग्ने खर्चलाई फजुल खर्च गर्नु भन्दा समाजसेवामा लगाएर अनाथ तथा बालबालिकाको सहयोग गर्दा राम्रो हुने बताए ।

अनाथ बालगृह लाई जन्मदिनको अवसरमा सहयोग गरेको भन्दै बालगृहमा रहेका कार्यरत कर्मचारी तथा बालबालिकाले धामीलाई फुलमाला र टीका लगाएर धन्यवाद दिएका छन् । यस्ता सहयोगले बालबालिकाको शिक्षा क्षत्रमा महत्वपूर्ण भूमिका खेलेको बालगृहका व्यवस्थापक मोहन भण्डारीलेबताउनुभयो। बालबालिकाहरु संग आफ्नो जन्मदिन मनाउन पाउदा खुसि भएको धामीले बताए ।

उनीहरूको अनुहारमा देखिएको चमक र उत्साहले ‘यथार्थ उपहार’ प्रदान गरेको महसुस गरिएको उनको भनाइ छ । “जन्मदिन भनेको केवल केक काटेर रमाइलो गर्ने मात्र नभइ यो दिनलाई समाजमा केही सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।

नेत्र सहायक धामीको यो कार्यले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै, अरूलाई पनि यस्ता कर्ममा संलग्न हुन प्रेरित गरेको छ। ” बालबालिकाको उज्यालो भविष्यका लागि गरिएको यो सहयोगले समाजमा माया र सेवा फैलाउने एक सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more