सुदूरपश्चिममा वर्षा, तराईमा हुस्सु : राम्रोसँग घाम नलाग्दा चिसो बढ्यो

बझाङ  – पश्चिम न्यूनचापीय प्रणालीका कारण गएरातिदेखि देशभर मौसम बदली भएको छ ।

गण्डकी प्रदेशदेखि पश्चिममा मौसम पूर्ण रुपमा बदली रहेको र काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

तराईका धेरै ठाउँमा हिजो, अस्तिजस्तै हुस्सु लागेको छ । राम्रोसँग घाम नलाग्दा देशभर नै चिसो बढेको छ ।

आज पश्चिमी भू–भागहरुमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेकोे महशाखाले जनाएको छ । यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार मधेश, कोशी र लुम्बिनी प्रदेशको तराईका धेरै ठाउँमा लागेको हुस्सु, कुहिरो विस्तारै हट्दैछ । बाँकी तराई भूभागका केही ठाउँहरुमा लागेको हुस्सु र कुहिरोमा पनि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more