सुदूरपश्चिममा फेरि अर्की सुत्केरीको मृत्यु

दार्चुला । अपीहिमाल गाउँपालिका–१ स्थित सिति स्वास्थ्य केन्द्रमा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । सोही वडास्थित आरुखोर टोलकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति मृत्यु भएको हो ।

घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको समेत मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले जानकारी दिए ।द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन् ।

स्वास्थ्यचौकी पुर्‍याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएकि उनी । स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीको भनाइ छ ।

अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो ।

गएको सोमबार मात्रै बझाङको केदास्युँ गाउँपालिका–१, डुडिलकी ३१ वर्षीया खिना (सविता) बोहराको प्रसूतिका निम्ति स्वास्थ्य चौकी जाने क्रममा बाटोमै मृत्यु भएको थियो

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more