आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा सोमबार ५२ घडी ३४ पला अर्थात् भोलि बिहान ४ बजेसम्म पूर्णिमा रहेको उल्लेख छ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्छन् र उनको माहत्म्य सुन्छन्।

व्रतको अन्तिम दिन माघशुक्ल पूर्णिमामा विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

यो अवधिमा पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको गन्तव्य बन्छ। यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा पनि व्रतालुको घुइँचो लाग्छ। यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा पनि बताइएको छ।

 

विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा स्वस्थानी व्रतकथा वाचन तथा श्रवण गर्छन्। स्वस्थानीको महिमा भएको ३१ अध्यायको स्वस्थानी कथा नेपाली भाषामा सर्वसुलभ छ। पहिले पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा पछि नेपाली भाषामा अनुवाद गरिएको बताइन्छ।

सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशमा स्वस्थानी व्रत बसेर महादेव पति पाएको उल्लेख छ। गोमा र चन्द्रावतीलगायत पात्रले स्वस्थानीको व्रत गरी इच्छाअनुसारको वरदान पाएको व्रतकथामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
स्वस्थानी व्रत आज समापन गरिँदै आज माघ शुक्ल पूर्णिमा

काठमाण्डौ – एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी Read more

जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो

अहिलेको परिवेश  - जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो ।’ समाजशास्त्रका प्रा.डा. युवराज लुइँटेल भन्छन् । Read more

शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना

बझाङ -  शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल Read more

आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more