कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले गरिन श्रीमानको हत्या

बझाङ : कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेकी छन। जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटका ४९ वर्षीया सियाराम नाराको श्रीमतीले प्रेमीसँग मिलेर हत्या गरेकी खुलेको हो।

भारतको खिरी जिल्ला, सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा जनककुमारी रानाले श्रीमानको इटाले प्रहार गरेर हत्या गरेकी हुन। रानाको शव २०८१ मङ्सिर १३ गते उनकै घरमा फेला परेको थियो। दोस्रो दिन प्रहरीले श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएको थियो। जनककुमारीलाई पूर्पक्षका लागि कारागार पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ। उनका प्रेमी भारतीय नागरिक २०८१ पुस २८ गते पक्राउ गरेका छन। घटनास्थलमा भारतीय नागरिक फारुख नभएपनि योजना बनाएको पाइएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए। बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रूपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको हो।

मृतक सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बिमा गरेकाले उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ। भारतीय नागरिक फारुखले योजना बनाएपनि हत्या भने स्वयंम श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिइएकी छन। भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्‍दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ। उनीहरूले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर रानाको मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेका थिए। तर, मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको हो।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। रानाको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोका लगायतका ठाउँमा रगत लागेको भेटिएको थियो। खाटमुनी रगत लागेको इटा भेटिएको थियो। दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए। सोधपुछका क्रममा मृतककी श्रीमती रानाले बिहीबार बिहान दुवै जनाबिच झगडा भएको र दिउँसो सुतेका बेला इटा प्रहार गरि हत्या गरेको स्वीकार गरेपछि उनलाई पक्राउ गरेर मुद्‍दा चलाइएको हो। श्रीमतीमाथि अनुसन्धान गर्ने क्रममा भारतीयसँग मिलेर हत्या गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
स्वस्थानी व्रत आज समापन गरिँदै आज माघ शुक्ल पूर्णिमा

काठमाण्डौ – एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी Read more

जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो

अहिलेको परिवेश  - जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो ।’ समाजशास्त्रका प्रा.डा. युवराज लुइँटेल भन्छन् । Read more

शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना

बझाङ -  शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल Read more

आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more