सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन प्रक्रिया अगाडि बढाएको छ। आन्तरिक मामिला मन्त्रालयले आर्थिक मामिला मन्त्रालयमा पठाउन लागेको प्रस्तावअनुसार एमाले र नागरिक उन्मुक्तिका नेता तथा प्रमुख सचेतकले गाडी, चालक, इन्धन र मर्मत खर्च पाउनेछन्।

संसदीय दलको सुविधा थप गर्न खोजिएको यो प्रस्तावलाई विपक्षी दलहरूले सदनमा कडा विरोध गर्ने बताएका छन्। यस विषयमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ऐनमा ‘दलको’ र ‘दलका’ शब्दमा फरक भएकाले संशोधन गर्न लागेको बताउँदै यसबारे थप कुरा गर्न अस्वीकार गरे।

हाल, सत्तारूढ दलका प्रमुख सचेतक र पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारबाट गाडी सुविधा पाउँदै आएका छन्, जुन विशिष्ट व्यक्तिका लागि खरिद गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more