अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । करिब एक वर्ष रुसी सेनाका तर्फबाट युक्रेनसँग लडाईं लडेका शाहले त्यहाँको सरकारबाट उच्च सम्मान प्राप्त गरेका हुन् ।

लडाईमा रहँदा उच्च अनुशासन, पारस्पारिक सहयोग, मितव्ययी र उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै रुसी सरकारले पाँचलाख (रुबल) नेपाली सात लाख १० हजार रुपियाँ राशीको पुरस्कार शाहलाई प्रदान गरेको हो । युक्रेनसँगको लडाईंमा घाइते हुँदा समेत आफ्नो डिउटी र कर्तव्यप्रति बफादार रहेका शाह यति ठूलो धनरासीको रुसी पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

 

 

लडाईंका बेला धेरै नेपालीले ज्यान गुमाउनु परेको पीडाका बीच आफूले यो पुरस्कार प्राप्त गर्दा सिंगो नेपालीको शीर एकपटक उच्च रहेको अनुभूति गरेको शाहले बताए । नेपालीहरु विश्वका जुनसुकै कुनामा गएपनि आफ्नो इमान र साहसलाई कहिल्यै कम गर्दैनन् भन्ने उदाहरण शाहले प्रस्तुत गरेका छन् । लडाईंको बीचमा ज्यानै जोगाउन मुस्किल पर्दा समेत शाह मोर्चाको अग्रभागमा उभिँदै आएका थिए ।

 

पुरस्कार र सम्मान प्राप्त गरेपछि शाहले भने, ‘ठूलो जोखिमका बीच एक वर्षसम्म युद्धको मोर्चामा खटिँदा रुसी सरकारले गरेको मूल्यांकन प्रति आभारी छुँ, लडाईंमा ज्यानको प्रवाह थिएन, डर भन्ने हराइसकेको थियो, शवमाथि कैँयन रात सुतियो, युक्रेनले प्रहार गरेको मिसाइल लागेर घाइते हुँदा केही रात भोकै बस्दा पनि मर्छु भन्ने लागेन, युद्ध के रहेछ रुस–युक्रेनको हेर्दा हुन्छ ।’ उनले थपे, ‘स्थलगत सीधा लडाईं भएको भए रुसले पहिले नै युक्रेन कब्जा गरिसक्थ्यो, यो त प्रविधिमैत्री लडाईं हो, कतिबेला कुन ठाउँबाट मिसाईल आउँछ पत्तै हुन्थेन ।’

पछिल्लो समय साहसिक लडाईंमा सक्रिय भएका नागरिकहरुलाई भ्लादिमिर पुटिन सरकारले पुरस्कृत गर्दै आएको छ ।

 

 

शाहको परिवार पनि उनी सम्मानित हुँदा खुसी छ । कुनबेला के हुन्छ भन्ने चिन्ता थियो रुस सरकारबाट ठुलो सम्मान पायो खुसी लाग्यो, हामीले गौरव गरेका छौ नेपाली कांग्रेस अछामका जिल्ला कार्य समितिका सदस्य तथा शाहका कान्छाभाइ पृथ्वीबहादुर शाहले बताए । झपट अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना निवासी टेकबहादुर शाहको छोरा हुन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
स्वस्थानी व्रत आज समापन गरिँदै आज माघ शुक्ल पूर्णिमा

काठमाण्डौ – एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी Read more

जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो

अहिलेको परिवेश  - जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो ।’ समाजशास्त्रका प्रा.डा. युवराज लुइँटेल भन्छन् । Read more

शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना

बझाङ -  शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल Read more

आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more