सुदूरपश्चिमका स्थानीय तहका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै गरिने

कैलाली –सुदूरपश्चिमका स्थानीय तहहरूका कर्मचारीको सरुवा–बढुवा प्रदेशबाटै गरिने भएको छ ।

प्रदेश सभाले सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तयार पारेको हो ।

दफावार छलफलपछि तयार गरिएको प्रतिवेदन विधायन तथा प्रदेश मामिला समितिबाट पारित गरिएको छ । प्रदेशसभाको दशौं अधिवेशनबाट दफावार छलफलको लागि साउन २९ गते विधायन तथा प्रदेश मामिला समितिमा उक्त विधेयक ल्याइएको थियो । २८ वटा बैठकमा यससम्बन्धी छलफल गरेर समितिले तयार गरेको प्रतिवेदन मङ्गलवार पारित गरिएको हो ।

सुदूरपश्चिमका सबै जिल्लाबाट सुझाव सङ्कलन गरेर पुस २१ गते ९ वटै जिल्लाका प्रमुखसँग पनि दफावार छलफल गरिएको थियो । ती सबै छलफललाई आधार बनाएर तयार गरिएको प्रतिवेदन मङ्गलवार समितिले पारित गरेको हो ।

समितिका सभापति देवानसिंह विष्टले स्थानीय सेवा (गठन तथा सञ्चालन)ले प्रदेशभित्र रहेका स्थानीय तहबाट गरिने सेवा प्रवाहको लागि आवश्यक कर्मचारीहरूको व्यवस्था गर्न तथा स्थानीय सेवालाई प्रभावकारी, सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने बताए । माघ १८ गते प्रदेशसभा सचिवालयमा विधेयक दर्ता गराएर पारित हुने उनले बताए । विधेयक पारित भएलगत्तै नियमावली बनाएर स्थानीय तहमा कर्मचारी भर्ना, सरुवा, बढुवालगायतका कामहरू प्रदेश सरकारबाटै हुने उनले बताए।

विधेयकमा स्थानीय इन्जिनियरिङ सेवा, स्थानीय कृषि सेवा, स्थानीय प्रशासन सेवा, स्थानीय स्वास्थ्य सेवा, स्थानीय शिक्षा सेवा र स्थानीय विविध सेवा गठन गर्ने प्रावधान राखिएको छ ।

 

हालसम्म सङ्घीय कर्मचारीलाई नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बन्ने व्यवस्था अन्त्य गर्दै यस विधेयकले प्रदेश निजामती सेवा पदको व्यक्तिलाई नै स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बन्ने बाटो खुला हुने छ । स्थानीय तहका कर्मचारीहरूको सरुवाका लागि दुबै स्थानीय तहको सहमतिपत्र आवश्यक नपर्ने गरी प्रदेश सरकारले नै सरुवा र बढुवा गर्ने गरी समितिले विधेयक पारित गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more