सुदूरपश्चिम प्रदेश सरकारका आन्दोलित कर्मचारीले मन्त्री र सांसदको तलबभत्ता रोक्ने

पुस २१ ।धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका आन्दोलित लेखा समूहका कर्मचारीले मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलबभत्ता रोक्ने भएका छन् । वृत्ति विकासको माग गर्दै आन्दोलनरत कर्मचारीले मन्त्री र सांसदको तलबभत्ता रोक्ने भएका हुन् ।

आइतबार बसेको आन्दोलनरत कर्मचारीहरुको बैठकले चरणबद्ध आन्दोलनको घोषणा गर्दै मन्त्री र सांसदको तलबभत्ता रोक्ने निर्णय गरेको आन्दोलतरत कर्मचारीहरुले बताएका छन् ।

उनीहरुले आफूहरुको माग र मुुद्दामा सरकार गम्भीर नबनेको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलन गर्नेसमेत निर्णय गरेका छन् ।

चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनीहरुले पुष २५ गतेदेखि लेखाका सबै काम रोक्ने र पेन डाउनसहित धर्ना दिने जनाएका छन् । साथै मुख्यमन्त्री, मन्त्रीहरु र सांसदको तलबभत्ता रोक्नेसमेत उनीहरुले घोषणा गरेका छन् । यस्तै पुष २२ गतेदेखि २४ गतेसम्म प्रदेशका ९ जिल्लाका प्रदेश लेखा कार्यालयमा लेखाका सबै कर्मचारी जम्मा भएर छलफल गर्ने निर्णय पनि भएको आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more