मानव सेवाभन्दा ठूलो अर्को धर्म छैन : राष्ट्रपति पौडेल

पुस २१ ।काठमाण्डौं –राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अर्को धर्म नभएको बताएका छन् ।

मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रममा राष्ट्रपति पौडेलले मानव सेवाजस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई नेपालीको जीवन पद्धतिका रुपमा अपनाउनुपर्नेमा जोड दिए ।

मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापनाकालदेखि नै ‘जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने’ मानवता प्रवद्र्धन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताए ।

आव ०८१÷८२ को नीति तथा कार्यक्रममार्फत सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

त्यस अवसरमा तेस्रो मेचीकाली राष्ट्रिय उद्धार यात्रा, २०८१ सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिनुका साथै यात्राका मुख्य अभियन्ता मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी र उपाध्यक्ष होमनाथ खतिवडालाई राष्ट्रपतिले सम्मान गरेको थिए । आश्रमका अध्यक्ष अधिकारीले यात्राको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा सोमबार ५२ घडी ३४ पला Read more

बिराजले फिल्मको कमाईबाट छोरालाई किनिदिए साढे ३ करोडको गाडी

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल Read more

विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा प्रयो लुम्बिनी

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। Read more

सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन Read more