इजरायली आक्रमण : प्यालेष्टिनी प्रहरी प्रमुख सहिद २५ जनाको मृत्यु

इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर आक्रमण गरेको छ। बिहीबार भएको आक्रमणमा प्यालेष्टिनी इस्लामिक समूह हमासको नेतृत्वमा रहेको गाजा क्षेत्रको खान युनिसका प्रहरी बलका प्रमुख, उनका सहायक र अन्य ९ जनाको मृत्यु भएको बताइएको छ।

गाजाको नागरिक सुरक्षा निकायले बिहीबार इजरायलले गरेको अन्य दुई आक्रमणमा १४ जना प्यालेष्टिनीको मृत्यु भएको जनाएको छ। इजरायली सेनाले दक्षिणी गाजा पट्टीको खान युनिस क्षेत्रमा रातभर आक्रमण गरेको पुष्टि गरेको छ र आक्रमणमा इजरायली सेनाविरुद्ध आक्रमणको योजना बनाएको आरोप लगाइएका प्रहरी उपप्रमुख हुसाम शाहवानलाई लक्षित थियो।

नागरिक सुरक्षा निकायका अनुसार आक्रमणमा शाहवानसहित ११ जनाको मृत्यु भएको थियो। गाजाका उद्धारकर्ता र अधिकारीहरूका अनुसार प्रहरी बलका कमाण्डर महमुद सलाहको पनि मृत्यु भएको थियो।

‘दक्षिणी गाजा क्षेत्रको खान युनिस शहरको पश्चिममा रहेको अल–मावासी क्षेत्रमा विस्थापित हरूको बासस्थान रहेको टेन्टमा इजरायली बम बारी गर्दा तीन बालबालिका र दुई महिलासहित ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्’, प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रहरी प्रवक्ता महमुद बसालका अनुसार मृत्यु हुनेमा दुई वरिष्ठ प्रहरी अधिकारी पनि रहेका छन्। सलाहको मृत्युबारे कुनै टिप्पणी नगरेको इजरायली सेनाले सलाहका डेपुटी शाहवानले हमाससँग समन्वय गरी ‘गोप्य समीक्षा’ गरेको र इजरायली सेनालाई निशाना बनाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more