बझाङको अर्को दुर्घटनामा चालक थापाको मृत्यु, एक्लै थिए सवार

पुस १९ बझाङ : बझाङको मष्टा गाउँपालिका-१ कोटदेवलमा जिप दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, भातेखोलाबाट रनाडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप कोटदेवलमा सडकबाट करिब १०० मिटर तल खसेको थियो।

जिपमा चालक थापा मात्र सवार रहेको र घटनास्थलमै उनको मृत्यु भएको वडा अध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस अगाडि पनि बिहीबार राति नै बझाङमा एउटा दुर्घटना भएको थियो। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेनामा जीप दुर्घटना हुँदा एकै घरका ३ जनासहित ४जनाको ज्यान गएकोमा फेरि अर्को दुर्घटना भएको हो।

जिल्लामा एकैदिन २ दुर्घटना भएपछि बझाङ शोकमा डुबेको छ। यस अगाडिको दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुरकी छोरी ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको थियो।

प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका १ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको थियो।

डिएसपी भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको थियो। जीप अनियंत्रित भएर झन्डै २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more