बुंगलमा जारी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा केदार माबि देउलीकाेटलाइ पछि पार्दै आज चाैँथाेदिन दुर्गा माबि सिमालीले लीयाे अग्रता ।।

पुस १३ सपना  खाती
बझाङ – बुंगल नगरपालिकामा चौथो संस्करणका रूपमा  सञ्चालन   भएकाे नगरपालिका  स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आज चाैथाे दिन केदार माध्यमिक बिद्यालय देउलीकाेटलाई पछि पार्दै  दुर्गा माबि सिमालीले  अग्रता लिएकाे छ । बुंगल नगरपालिकाकाे  आयोजनामा यहीँ पाैष १० गतेदेखि  बुंगल नगरपालिकाकाे झापा स्थित  कन्या माबिकाे प्राङ्गणमा   जारी नगरपालिका स्तरीय  राष्ट्रपति रनिङ्ग शिल्डको आज चाैँथाेदिन  केदार माबि देउलीकाेटलाइ पछि पार्दै आज अग्रता लिएकाे हाे  ।

नगरपालिका भित्रका  १४ वटा माध्यमिक बिद्यालयकाे  सहभागीता रहेको प्रतियोगितामा ४ दिन खेलाइएका विभिन्न खेलमा  केदार माबि देउलीकाेटलाइ पछिपार्दै ६ स्वर्ण ४ रजत ३ काश्य  गरि जम्मा १३ पदक प्राप्त गर्दै पहिलो स्थानमा हाँसिल गरेकाे छ । त्यस्तै हिजाे पहिलाे स्थानमा रहेकाे  केदार माबि देउलीकाेटले आज  ४ स्वर्ण २ रजत ३ कास्यँ गरि जम्मा ९ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।  महेन्द्र  माबि गैरीज्यावनलाइ पछि पार्दै कफलसेरी माबिले  ३ स्वर्ण ३ रजत २ काश्य गरि जम्मा ८ पदक प्राप्त गर्दै तेस्राे स्थान हाँसिल गरेकाे छ  । त्यस्तै क्रमश : सरस्वती माबि बिजगडाले २ स्वर्ग ४ रजत ७ काश्य गरि जम्मा १३ पदक प्राप्त गर्दै चाैथाे स्थान हासिल गरेकाे छ ।रत्न माबि खाेल्लेखले २ स्वर्ण ३ रजत  गरि जम्मा ५ पदक प्राप्त गरेकाे छ । कन्या माबि बटुलसेराले २ स्वर्ग २ रजत २ काश्य गरि जम्मा  ६ पदक प्राप्त  गरेकाे छ । महेन्द्र माबि गैरी ज्यावनले २ स्वर्ण १ रजत ३ काश्य गरि जम्मा ६ पदक प्राप्त गरेकाे छ ।भगवती माबि साेलाले १ स्वर्ण ३ रजत जम्मा ४ पदक प्राप्त गरेकाे छ । सत्य माबि ताेलिचाैरले १ स्वर्ण १ रजत २ काश्य गरि जम्मा ४ पदक प्राप्त गर्दा शिराराम माबि डाैँड र शिव माबि पातलले १/१  स्वर्ण मात्रै  हात पारेकाे छ ।  त्यस्तै शारदा  माबि शैनाेडिले १ रजत १ काश्य गरि जम्मा २ अंक प्राप्त गरेकाे छ ।  चन्द्र माबि  गिराैले १ रजत मात्रै हात पारेकाे छ भने महादेव माबि अठपालीले २ काश्य प्राप्त गरेकाे बुंगल नगरपालिका  खेलकुद विकास समितिका अध्यक्ष शेर बहादुर कुंवरले रेडियो बुंगललाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more