पत्रकार धामीले आफ्नो २५ औं जन्मदिन अनाथगृहका बालबालिका संग मनाए

बझाङ – रेडियो बुंगल एफएमका कार्यकारी निर्देशक तथा प्रेस चौतारी नेपाल बझाङका सह-सचिव सुरेश धामीले आफ्नो २५ औं जन्मदिन अनाथगृहका बालबालिका संग मनाउनु भएको छ। उहाँले अनाथालयका बालबालिकासँग समय बिताउँदै शैक्षिक सामग्री र खाद्यान्न सहयोग गर्नुभएको छ।

धामीले आज बुंगल नगरपालिका–६, झापामा रहेको अनाथ बालगृहमा आश्रित १३ जना बालबालिकालाई कापी, कलम, चामल, मासु र खाजा प्रदान गर्नुभयो। उहाँले “जन्मदिन भनेको केवल केक काटेर रमाइलो गर्ने मात्र नभइ यो दिनलाई समाजमा केही सकारात्मक परिवर्तन ल्याउने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो ।

बालगृहका बालबालिकाले धामीलाई फुलमाला र टीका लगाइदिएर धन्यवाद व्यक्त गरेका थिए। उनीहरूको अनुहारमा देखिएको चमक र उत्साहले ‘यथार्थ उपहार’ प्रदान गरेको महसुस गरिएको धामीले बताउनुभयो।
धामी यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा संलग्न हुँदै आउनुभएको छ। उहाँका अनुसार, जन्मदिनमा खर्च हुने रकमलाई समाजसेवामा लगाएर अनाथ बालबालिकाको जीवनमा सानो खुशी ल्याउन खोजिएको थियो ।

बालगृहका व्यवस्थापक असोक भण्डारीले धामीलाई धन्यवाद ज्ञापन गर्दै यस्तो सहयोगले बालबालिकाको शिक्षा र पोषणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। “सुरेशजस्ता व्यक्तित्वको माया र सहानुभूति पाएर हामीलाई गर्व छ। उहाँका कार्यले समाजमा सकारात्मक संदेश फैलाएको छ,” व्यवस्थापक भण्डारीले भन्नुभयो।

पत्रकार धामीको यो कार्यले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्नुका साथै, अरूलाई पनि यस्ता कर्ममा संलग्न हुन प्रेरित गरेको छ। ” बालबालिकाको उज्यालो भविष्यका लागि गरिएको यो सहयोगले समाजमा माया र सेवा फैलाउने एक सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more