मेरो प्राणभन्दा प्योरो जन्मभुमि

प्रशान्त बोहरा
पुस १२ गते । बझाङ – नेपाल देशको सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको पनि बिगट् क्षेत्र बुंगल नगरपालिका वडा नम्बर ७ को डाडागाउँ टोलमा  मेरो जन्मभुमि रहेको छ ।  यो गाउँको बारेमा केही लेख्न मन लाग्यो आज किनकी ? यो म जन्मएको गाउँ अनि मेरो जन्मभुमी भएको कारण थोरै भए पनि जन्म भुमिको आलोचना गर्न मन लाग्यो  ।डााडागाउँ 

समुन्द्री सतह देखि करिब पाँच सय अग्लो उचाइमा रहेको यो गाउँबाट बिहान उठ्ने वित्तिकै ओछ्यानै बाट पुर्वमा देखिने सुर्यको उषा कालिन किरण पारिपट्टि हिमालयको मनमोहक द्रिष्य र गाउँबाट अलि टाडा रहेको बड्डी ज्यावन ब्राहदेउताको थान पाटन राम्रोसँग नजिकै बाट निङ्गालन सकिन्छ ।

बडी ज्यावन

करिब २सय परिवार भन्दा बढिको  बसोबास रहेको यो गाउँको उत्तरमा रहेको  नजिकै दुर्गा भवानी , डोलारी मन्दिरहरु रहेका छन् । संगै समुद्री सतह बाट करिब ३२ सय मिटर अग्लोमा रहेको सुदूरपश्चिमकै उच्चो  टाकुरो पुर्मचुली धाम लाई पनि राम्रोसँग हेर्न सकिन्छ ।

पुर्मचुली धाम

माथि हिमालको फेद हुदै  तल बगिरहेको त्यो सानिगाड नदिको चिसो बहाफ संगै माथि हिमाल अनि विभिन्न किसिमका चराचुरुङ्गीहरुको चर्याङ चुरुङ आवाज , विभिन्न हजारौं किसिममा बनस्पति , हजारौं थरि फुल , घोरर, मृग , डाँफे ,मुन्नाल जस्ता जनावरहरु को आवाज सुन्न मात्र हैन नजिकै बाट राम्रोसँग निङ्गालन पनि सकिन्छ  ।

लाटो कोसेरो र राष्ट्रिय फुल लालिगुरास

मैले यो गाउँको बारेमा जति लेखे पनि र आलोचना गरे पनि अझै कमै
हुन्छ । यो जन्म भुमिको माया र मेरो सम्बन्ध माटो र ढुंगाको जस्तो भन्दा पनि गहिरो भएको छ । जन्मेको दिन देखिनै यहीँ माटोमा रहेका कारण यो माटो र जन्मभुमिले मलाई धेरै कुराहरु सिकाएको छ । सानो छदा , लट्पछि खेल्दा थुप्रै ठाउँमा मलाई चोट दिए पनि अहिले यो ठाउँ सम्म पुर्‍याउनुमा यो माटोको ठुलो साथ छ ।

पहिले पढ्दै र बस्दै उठ्दै उभिन सिकाउने तिमी मात्र हौ प्रिय जन्मभुमि  तिम्रो बारेमा जति बयान गरे पनि साध्य छैन । प्रिय जन्मभुमि म र तिम्रो सम्बन्ध म यो माटोमा मिसिदै धर्ती नछाेड्न जेल सम्म तिमी संगै हुनेछु  । र तिमी पनि म संगै हुनेछौं प्रिय जन्मभुमि मेरो गाउँ  स्वर्ग भन्दा कम छैन ।

केही मेरो प्रिय जन्मभुमि र मेरो गाउँका विशेषताहरु ?

यश गाउँमा विभिन्न किसिमका मठ मन्दिर छन् । जस मध्य सबैभन्दा भन्दा ठुलो देउता भुमिराज कुलदेउता रहेको छ । पुर्वजहरु भनाइ रहेको छ । पहिले यो देउताको प्रत्येक बर्षमा दुई चोटि पुजा गरिदैे आएको भएता पनि अहिले केही कम हुने गरेको यश गाउँका बुढा पाखाहरुको भनाइ छ ।

भुमिराज ( कुलदेउता ) यो ठाउँमा धर्ती भुनि जमिन चिरेर आएको कारण यो देउताको नाम भुमिराज हुन रहेको अग्रजहरुको भनाइ छ ।र
पछि गएर यो गाउँमा पानीको अभाव हुन थालेपछि यो गाउँ मान्छेहरु गाउँ छोड्न सुरु भए पछि भुमिराज देउताले गाउँबाट करिब दुई किलोमिटर परको खोला बाट मुसाको रुप धारण गरि मुसे दुलो बाट गाउँमा पनि पुगाएको पुरानो ईतिहास रहेको छ ।  पछि गएर देउताको नाम नै कुलेदेउता भन्ने गरिएको बुढा पाखाहरुको भनाइ छ । देउताले गाउँमा पानी पुगाएपछि यो डाडाँमा  मान्छेहरुले बस्ति गर्न थालेकाे पनि एक ईतिहास रहेको छ  ।

प्रायः यो गाउँका बासिन्दाहरु  कृषि पेसामा बढी आवद्ध छन्  । अन्तबाट यो गाउँलाई हेर्दा धेरै उच्चो डाडाँमा गाउँ जस्तो देखिन्छ । र त्यो ठाउँपनि के राम्रो होला ? खानेपानी तथा सिचाइ पानी पनि नभएको ठाउँ हो जस्तो देखिन्छ  । हुन पनि सोभाबिकै हो त्यस्तो लाग्नु पनि ठिकै  हो ।

किन भन्ने अरु त्यतिकै उच्चो ठाउँमा गाउँ भएका ठाउँहरुमा सिचाइ कोत कुरा नगरौ पिउनको लागि पनि पानी छैन । तर जति यो गाउँलाई बाहिर बाट हेरिन्छ त्यस्तो छैन  प्रत्येक घर घरमा पानी अनि एक एक शौचालय बनेका छन् ।

करिब दुई किलोमिटर परबाट २०५४सालमा बनेको सिचाइ नहर बाट पानी गाउँमै पुगेको छ । जस्का कारण  यो गाउँ  का किसानहरु लाई  खेतीपाति गर्न राम्रो भएको छ । संगै हिउँदे खेती पनि राम्रो हुन्छ ।  सबै भन्दा मुख्य बाली धन लाई मान्य गरिन्छ । फलफूलहरुमा पनि सुन्तला , केरा , स्याउ , दारिम ,ओखर  लगाएतका फलफूल हरु पनि प्रसस्त रुप फल्ने गर्दछन् ।

केही विकासको बारेमा ?
विकासको बारेमा त यो मेरो गाउँमा पुर्ण रुपमा त भएको छैन । तर अरु गाउँको भन्दा अलि विकास त भएको छ । खानेपानी , सिचाइ , कृषि , शिक्षा , विद्युत लगाएतका ठाउँमा त अलि अघि नै छ । तर पुर्णतया रुपमा त विकास भएको छैन  यसमा त अलि ठिकै छ । तर विकासमा सबै भन्दा अलि कमजोरी सडकमा छ । विस्तारै यस्को पनि विकास हुदै छ । विकासको क्रम तिब्र रुपमा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ