ओलीको निर्णय निरंकुश, स्वेच्छाचारी र तानाशाही, इमान्दार कार्यकर्ताहरूले विरोध गरुन् : भीम रावल

काठमाडौं : नेकपा एमालेबाट निष्कासित भएपछि नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको उन्मादमा गरेको निर्णय भएको बताएका छन्। रावलले संक्षिप्त विज्ञप्ति जारी गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीलाई स्वेच्छाचारीको संज्ञा गरेका हुन्।

‘नेकपा (एमाले)को निर्माण र विस्तारका साथै राष्ट्रियता, स्वाधीनता, समृद्धि, जनाधिकार, न्याय र समानताका लागि निरन्तर सक्रिय रहेर योगदान गर्दै आएकोमा देश, जनता, सुशासन, विधि, पद्धति, सदाचार, सत्य र तथ्यको पक्षमा उभिएकोमा मलाई पार्टी सदस्यबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरंकुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,’ उनले भनेका छन्।

उनले आफूलाई गरिएको कारबाहीले आश्चर्यमा नपरेको र इमानदार कार्यकर्ताले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्ने विश्वास व्यक्त गरे। ‘कतिपय भ्रष्ट, अनैतिक, फौज्दारी मुद्धा लागेका, राष्ट्रिय एकता, अखण्डता, संस्कृति र एमाले विरोधी एवं विचौलिया र दलालहरूलाई काखी च्याप्नेले देशभक्त इमान्दार मानिसमाथि प्रहार गरेकोमा मलाई आश्चर्य लागेको छैन। सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु,’ उनले भनेका छन्।

बुधबार बसेको एमालेको सचिवालय बैठकले साधारण सदस्यसमेत नरहनेगरी रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। पूर्व उपाध्यक्षसमेत रहेका रावलले पार्टीको नीति विपरीगत गतिविधि गर्दै आएको एमालेको आरोप छ।

‘पछिल्लो महाधिवेशनमा उहाँ (भीम रावल) अध्यक्षको उम्मेदवार बन्नुभयो। उपाध्यक्ष बन्न आग्रह गर्दा पनि मान्नुभएन। केन्द्रीय सदस्य पनि बन्नु भएन। सल्लाहकार दिए पनि जिम्मेवारी निर्वाह गर्नुभएन। बरु, पार्टीको विधि र सिद्धान्त विपरीत कार्यहरू गर्दै आउनुभयो। त्यसैले उहाँलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको हो,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
डडेल्धुराको छब्बीसे मोडमा बस र ट्याक्टर ठोक्किँदा २ जना घाइते

डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ स्थित छब्बीसे मोडमा आज बिहान बस र ट्याक्टर एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बझाङबाट Read more

नेपालमा पहिलोपटक महिलाबाट पुरुषमा सफल लिंग परिवर्तन शल्यक्रिया

नेपालमा लैङ्गिक पहिचानसँग सम्बन्धित चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पहिलोपटक महिलाबाट पुरुषमा लिंग परिवर्तन Read more

शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more