सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा आज र भोलि पानी पर्दै

बझाङ – हिउँदे वर्षा गराउने प्रणाली आजदेखि पश्चिमबाट सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले हिजो विशेष मौसमी बुलेटिन निकालेर आज दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो ।

विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको कारण आज दिउँसोपछि भोलिसम्म धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ ।

यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भए पनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुने विभागले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बाग्मती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार आज राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही ठाउँमा हल्का वर्षा हुनेछ । भोलि पश्चिमदेखि पूर्वी नेपालसम्मै वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।

गएको सोमवार र मङ्गलबार पनि देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन ।

मौसमविदले यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने अनुमान यसअघि नै गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more