आज ‘तमु ल्होसार’, देशभर सार्वजनिक बिदा

पुस १५ ।काठमाडौ : गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ। यस्तै, देशका अधिकांश स्थानमा पुसे १५ मनाउने प्रचलन समेत छ। सुदूर तथा कर्णालीका अधिकांश भेगमा यसदिन गाउँखाने कथा भन्दै रातभर जाग्राम बस्ने प्रचलन छ

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more