इन्स्पेक्टरको कारभित्र कार्यालय सहयोगीको गोली प्रहार गरी हत्या

पुस१२।काठमाडौं : बारामा नेपाल प्रहरीका कार्यालय सहयोगीको गोली हानी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सिमरामा दरबन्दी भई हाल विमानस्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या भएको हो।

उनको शव पुस ६ गते कारभित्र फेला परेको थियो। बाराको जितपुरसिमरा उपमहानगरपालिका–११, बकुलियाबाट रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको विद्युतीय कारभित्र रुम्बाको शव फेला परेको थियो।

चालक बस्ने सिटमा शव रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त शव जितपुरसिमरा उपमहानगरपालिका–१ घर भई प्रहरीमै कार्यरत व्यक्तिको रहेको खुलेको थियो। शव पोस्टमार्टमका क्रममा टाउकोमा गोली फेला परेको थियो।

उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अधिकृत (इन्सपेक्टर) श्रीकान्त तिवारीको भएको खुलेको छ। जितपुर सिमरा उपमहानगरपालिका–३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय, बारामा दरबन्दी भएका तिवारी पनि सिमरा विमानस्थलमै कार्यरत थिए।

उनको कारभित्र शव फेला परेपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको छ। अरू २ जना पनि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१९ का २७ वर्षीय पुरुषोत्तमकुमार दास र सोही ठाउँका २० वर्षीय इन्द्रजितकुमार चौहान रहेका छन्।

दास जितपुरसिमरा- १ को जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन्। मृतकले लगाएको सुनको सिक्री र पर्स दासको वर्कसपबाट प्रहरीले बरामद गरेको छ।

गुप्तचरका अनुसन्धान अधिकृतले भने सोधपुछको क्रममा मृतक रुम्बाले आफ्नो गाडी मागेर लगेको बताएको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले बताए। उनीहरूलाई पहिलोपटक ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको पनि डीएसपी सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा सोमबार ५२ घडी ३४ पला Read more

बिराजले फिल्मको कमाईबाट छोरालाई किनिदिए साढे ३ करोडको गाडी

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल Read more

विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा प्रयो लुम्बिनी

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। Read more

सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन Read more