सुदूरपश्चिममा आज ‘ठूली रात’ अर्थात पुसे पन्ध्रु मनाइँदै

पुस १५ ।बझाङ :  सुदूरपश्चिम प्रदेशका  बझाङ, बाजुरा, अछाम, डोटी,दार्चुला, बैतडी, कञ्चनपुर, कैलाली, र डडेल्धुरा जिल्लामा आज पुस १५ गते ‘पुसे पन्ध्र’ पर्व धुमधामका साथ मनाइँदैछ। डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते विशेष उल्लासका साथ मनाउने प्रचलन छ।

लोकसंस्कृतिमा आधारित विशेष परम्परा
पुसे पन्ध्रका अवसरमा गाउँभरिका मानिसहरु रातभर जाग्राम बस्ने चलन छ। जाग्रामको क्रममा १५ हात लामो मूढाको आगो ताप्दै दन्त्यकथा र लोककथा सुनिने र सुनाइने गरिन्छ। स्थानीयवासीहरूका अनुसार, यो परम्पराले समुदायभित्र एकता र सामाजिक मेलमिलापलाई झल्काउँछ।

पुस १५ का दिन विशेषगरी तरुल, पिँडालु, सखरखण्ड, फर्सी लगायतका माटोमुनि उम्रिने कन्दमूल उसिनेर खाने चलन छ। रामबहादुर विष्टका अनुसार, माटोमुनि उम्रिने यस्ता पदार्थ खाँदा जाडो भाग्ने र शरीरमा ऊर्जा तथा तागत बढ्ने विश्वास रहेको छ।

रातभरको जाग्राम र सांस्कृतिक गतिविधि
यो पर्वमा दिनको तुलनामा रातको समयमा गरिने गतिविधिलाई विशेष महत्व दिइन्छ। टोल छिमेकका मानिसहरु एक घरमा भेला भई आगो ताप्दै तरुल, पिँडालु, सखरखण्ड, रोटीसँगै डोटेली परिकार पकाएर खाने र पुराना लोककथा तथा दन्त्यकथा सुन्ने परम्परा रहेको छ।

डोटेली लोकसंस्कृतिमा चर्चित यो पर्व वर्षकै सबैभन्दा लामो रात मनाउने दिनका रुपमा परिचित छ। यद्यपि, विश्वव्यापी मान्यताअनुसार सबैभन्दा लामो रात डिसेम्बर २२ मा पर्ने विश्वास गरिन्छ।

पुसे पन्ध्र पर्वमा १५ हात लामो (झन्डै २० फिट) दाउराको मूढोको आगो ताप्दै हाँसो-ठट्टा गर्ने, रमाइलो गर्ने र सामाजिक कथा-संवाद मार्फत समय बिताउने चलन छ। यसले एकातिर स्थानीय परम्पराको संरक्षण गर्छ भने अर्कोतिर समुदायबीच आपसी सम्बन्धलाई बलियो बनाउँछ।

डोटेली लोकसंस्कृतिको गहिरो जरा बोकेको यो पर्व सुदूरपश्चिमको मौलिकता र पहिचानको प्रतीक हो। समुदायका वृद्धवृद्धाबाट लोककथा र दन्त्यकथा सुन्ने परम्पराले नयाँ पुस्तालाई आफ्ना संस्कृति र परम्पराप्रति जागरूक गराउँछ।

पुसे पन्ध्र पर्वले सामाजिक एकता, मेलमिलाप, र लोकसंस्कृतिको जगेर्ना गर्ने विश्वासका साथ आज सुदूरपश्चिममा उल्लासपूर्वक मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more