सिरियामा अपदस्त राष्ट्रपतिका समर्थकको आक्रमणमा १४ जना सुरक्षाकर्मीको ज्यान गयो

नेपाल : सिरियामा अपदस्थ नेता बशर अल–असदप्रति बफादार समूहको आक्रमणमा १४ जना सुरक्षाकर्मीको ज्यान गएको छ । अरु १० जना घाइते भएका छन् ।

विद्रोही–नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका नयाँ प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको बीबीसीको खबरमा उल्लेख छ । दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए ।

अहिले इस्लामवादी हायत तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ ।

विद्रोहीहरूले असद परिवारको ५० वर्षको सत्ता अन्त्य गराएको थियो । असद र उनको परिवार भागेर रुसमा गएका छन् ।

एचटीएसले सिरियाका विभिन्न धार्मिक र जातीय अल्पसङ्ख्यक समुदायको अधिकार र स्वतन्त्रता रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आजबाट श्रीस्वस्थानी व्रत शुरु

काठमाडौं : पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा सोमबार ५२ घडी ३४ पला Read more

बिराजले फिल्मको कमाईबाट छोरालाई किनिदिए साढे ३ करोडको गाडी

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल Read more

विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा प्रयो लुम्बिनी

काठमाडौँ : विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। Read more

सदरमुकाम चैनपुरमा ट्राफिक व्यवस्थापनमा सुधार : तीन स्थानमा पार्किङ निषेध बोर्ड राखियो

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा पैदलयात्रुलाई आवतजावतमा समस्या हुँदै आएको गुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले बजारका तीन Read more