
बझाङ – बुंगल नगरपालिकामा महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ ।
बुंगल नगरपालिकाको स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय बझाङको संयुक्त आयोजनामा यही फागुन १६ गते महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण (महिलाका लागि मिनिल्याप र पुरुषका लागि भ्यासेक्टोमी) शिविर सञ्चालन हुने भएको हो ।
शिविर खिरातडी स्वास्थ्य चौकीमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। सन्तानको रहर पुगिसकेका दम्पतीहरूले यो अवसरको लाभ उठाउन स्वास्थ्य शाखाले सहभागिताका लागि अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस