बिराजले फिल्मको कमाईबाट छोरालाई किनिदिए साढे ३ करोडको गाडी

काठमाडौं: सन् २०२४ नेपाली फिल्म बजार उत्साहप्रद रह्यो। एक दर्जन बढी चलचित्रले १५ करोडमाथि कलेक्सन गरे। विदेशको प्रदर्शन अधिकार, डिजिटल राइट्स लगायतबाट हुने आम्दानी छुट्टै छँदैछ।

वर्षकै हिटमध्येको एउटा चलचित्र हो- ‘१२ गाउँ’। पुराना अभिनेता विराज भट्टले झण्डै एक दशकपछि कमब्याक गरेको यहि फिल्मबाट उनका छोरा समिर भट्टले डेब्यु गरे। बाबुछोराको ‘केमियो’ लाई दर्शकले यति मन पराए कि १२ गाउँले नेपालमा मात्रै २७ करोड कमायो।

चलचित्रको सफलतालाई सेलिब्रेसन गरिरहेका उनै विराजले छोरा समिरलाई साढे तीन करोडको कार उपहार दिएका छन्। विराजले छोराको पहिलो सफलतामा तीन करोड ६० लाख मूल्य पर्ने ल्याण्ड क्रुजर कार दिएका हुन्।

बाबुछोराकाे उपहारमा कार आदान-प्रदानको फोटो तथा भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
स्वस्थानी व्रत आज समापन गरिँदै आज माघ शुक्ल पूर्णिमा

काठमाण्डौ – एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी Read more

जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो

अहिलेको परिवेश  - जसले विवाह गर्‍यो, उसले पछुतायो, जसले गरेन, उसले झनै पछुतायो ।’ समाजशास्त्रका प्रा.डा. युवराज लुइँटेल भन्छन् । Read more

शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना

बझाङ -  शिव माध्यामिक विद्यालले ५४ औँ वार्षिकोत्सवको अवसरमा खुल्ला भलिबल प्रयोगिताको आयोजना गरिएको छ । बुंगल नगरपालिका ११ पातल Read more

आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more