गाउँमा स्ट्रेचर नहुदा बझाङमा एक गर्भवती महिलाको बाटोमै ज्यान गयो

पुस २२ ।बझाङ – बझाङको केदास्युँ गाउँपालिकामा गर्भवती महिलाको मृत्यु भएको छ । अत्यधिक रक्तस्रावका कारण केदारस्युँ( १ डुडिलका उमेश बोहराकी श्रीमतीको अस्पताल जाने क्रममा सोमबार बिच बाटोमै मृत्यु भएको हो । गाउँमा एक स्ट्रेचर समेत नहुँदा उनलाई समयमै स्वास्थ्य संस्थामा पुर्‍याउन सकिएको थिएन ।गर्भावस्थामा रहेका कारण उनलाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्था थियो ।

तर अत्यधिक रक्तस्रावका कारण उनको बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् । परिवार र गाउँलेहरूले स्ट्रेचर नपाउँदा समयमै अस्पताल पुर्‍याउन नसकिएको बताउँदै गम्भीर दुःख व्यक्त गरेका छन् ।

डुडिल क्षेत्र लगायत केदारयुँ गाउँपालिकाका दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच नहुनु र आधारभूत उपकरणको अभावले धेरैले ज्यान गुमाउनु परेको स्थानीयहरूको भनाइ छ ।

स्थानीय बासिन्दाले तत्काल गाउँपालिका र सम्बन्धित निकायलाई दुर्गम क्षेत्रमा स्ट्रेचर र अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्न माग गरेका छन् । यो घटनाले स्वास्थ्य सेवा र सुविधा अभावले ग्रामीण क्षेत्रमा कस्तो प्रभाव पारिरहेको छ भन्ने प्रस्ट पारेको छ ।

डुडिलकी गर्भवती महिलाको मृत्यु घटनामा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले डुडिल टोलमा स्ट्रेचर भएको र घटनाको समयमा गाउँपालिकाबाट एम्बुलेन्स समेत पठाइएको दाबी गरेकी छिन् । उपाध्यक्ष धामीका अनुसार समस्या उत्पन्न हुँदा स्थानीयले समयमा जानकारी नगराउने र घटना घटिसकेपछि मात्रै सूचना दिने प्रवृत्तिले कठिनाइ बढ्ने गरेको छ । उनले घटनाप्रति दुःख व्यक्त गर्दै स्वास्थ्य सेवा सुधारका लागि थप प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
आज देशभर सरस्वतीको पूजा गरिँदै

काठमाडौ - देशभर सरस्वतीको पूजा गरिँदै प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको Read more

एलीना चौहानले बिहे भएको १० महिना नहुदै सम्बन्धविच्छेदका लागि मुद्दा

नेपालकी चर्चित गायिका तथा मोडेल एलीना चौहानले विवाह भएको १० महिना नपुग्दै आफ्ना पति विष्णु साउकोटासँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता Read more

सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिने ऐन संशोधन गरिदैं

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले सत्तामा रहेका दलका संसदीय नेता र प्रमुख सचेतकलाई गाडी सुविधा दिन सेवा सुविधासम्बन्धी ऐन संशोधन Read more

अछामका झपट शाहलाई रुस सरकारले गर्यो पुरस्कार र सम्मान

अछामको बान्नीढीजयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भएर रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् । Read more