हमासले ३४ जना बन्धकको नाम सार्वजनिक गर्‍यो, विपिन जोशीको नाम परेन

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत रिहा हुनसक्ने ३४ जना बन्धकको सूची सार्वजनिक गरेको छ । हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई ३४ जना बन्धकको सूची पठाएका खबरमा उल्लेख छ । जसलाई प्यालेस्टाइन समूहले इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा गर्न इच्छुक रहेको बताएको छ ।

हमासले सार्वजनिक गरेको सूचीमा नेपालका विपिन जोशीको नाम समावेश छैन । सन् २०२३ को अक्टोबर ७ तारिखमा हमासले नेपालका विपिन जोशीलाई पनि अपहरण गरेको थियो । सरकारले जोशीको रिहाइका लागि पहल गरिरहे पनि सफल हुन सकेको छैन । आफूहरूले अपहरण गरेका केही व्यक्तिको इजरायलले गरेको आक्रमणमा ज्यान गइसकेको हमासले बेलाबेलामा बताउँदै आएको छ । विपिनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

अहिले हमासले सार्वजनिक गरेको सूचीमा १० जना महिला र ११ जना वृद्ध पुरुष छन् । साथै साना बच्चाहरू पनि छन् । हमासका अनुसार बिरामी भएका धेरै बन्धकहरू पनि सूचीमा समावेश छन् ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले भने हमासले इजरायललाई बन्धकहरूको सूची प्रदान गरेको भन्ने समाचारको खण्डन गरेको छ । गएको हप्ता कतारको दोहामा युद्धविराम वार्ता पुनः शुरू भएको थियो । तर वार्तामा अहिलेसम्म कुनै महत्त्वपूर्ण प्रगति भएका छैन ।

बीबीसीका अनुसार हमासले सार्वजनिक गरेका बन्धकहरूको नामहरू यी हुन्–

रोमी गोनेन, एमिली दमरी, अर्बेल येहूद, डोरोन स्टेनब्रेकर, एरियल बिबास, कफिर बिबास, शिरी सिलबरम्यान बिबास, लिरी अल्बाग, करिना अरिएभ, अगम बर्गर, डानियल गिलबोआ, नामा लेवी, ओहद बेन–अमी, गाद मोशे मोशे, कीथ शमूएल सिगल, अफर कलदारोन ,एलियाहू शराबी, इट्जाक एल्गारेट, श्लोमो मन्सूर, ओहाद याहलोमी, युसेफ युसेफ अलजियादना, ओडेड लिफशिट्ज, तसाची इदान, हिशम अल–सैयद, यार्डन बिबास, सागी डेकेल चेन, इयर हर्न, ओमर वेन्कर्ट, अलेक्जेन्डर ट्रोफानोभ, एलिया कोहेन, वा लेवी, अवेरा मेन्जिस्टु, ताल शोहम र ओमर शेम तोभ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित खबर
शिक्षक महासंघले घोषणा गर्‍यो अनिश्चितकालीन शैक्षिक हडताल : सबै विद्यालय बन्द

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा ऐन कार्यान्वयनको माग गर्दै सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडताल सुरु गर्ने घोषणा गरेको छ । Read more

बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते, चालक पक्राउ !

बझाङ - बझाङमा माेटरसाइकलको ठक्कर बाट एक बालिका घाइते भएकी छिन् । आज (शुक्रकार) दिउँसो ४ बजेको समयमा खड्काले ठक्कर Read more

मानिसहरूले खास सुत्ने समय कुन हो ?

सुत्नुभन्दा दुई घण्टा अगाडि खाना खाँदा सुत्नुअघि रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले राति निद्रा खुल्ने समस्या कम गर्छ Read more

भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ । हिउँमा फसेका ५५ Read more