सपना खाती
षुस १८।बझाङ – बझाङकाे तलकाेट गाउँपालिकामा जीप दुर्घटना भएकाे छ । तलकाेट गाउँपालिकाकाे सुनिगाड स्थित तलकाेटबाट चैनपुर तर्फ जाँदै गरेकाे केदारस्युँ गाउँपालिका १ रायलका शमशेर मल्लले चलाएकाे से १ ज ८४३ नम्बरकाे जीप बिहिबार राति साढे ८ बजेकाे समयमा दुर्घटना भएकाे हाे ।
जिपमा सवार ४ जना मध्य ३ जनाकाे घटना स्थलमै मृत्युु भएकाे छ । मृत्यु हुनेमा गाडि चालक चालक केदारस्युँ गा.पा.१ रायलका ३३ बर्षिय शम्शेर मल्ल ,तलकाेट गाउँपालिका ४ का ३६ बर्षिय बम बहादुर धामी साेहि ठाउँकि ७२ बर्षिया जाेगेनि धामी रहेका छन ।
भने मृतक बम बहादुर धामीकि ५ बर्षिय छाेरी आकृति धामी घाइते भएकी र घाइते बालिकालाई जिल्ला अस्पताल बझाङ पुर्याउदा चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यलय बझाङले जनाएकाे छ । सुचना अधिकारी लाेकेन्द्र सिंह ठगुन्नाका अनुसार जिप सडकबाट २ सय मिटर तल खसेकाे थियाे ।